top
Image Channels
Image Channels

अध्यक्षबाट सन्देश

२०४६ सालको राजनीतिक परिवर्तनले व्यावसायिक पत्रकारिताका लागि खोलेको राजमार्गमा हिड्ने क्रममा २०५२ सालमा इमेज च्यानल उदायो ।

निजी क्षेत्रको पहिलो टेलिभिजन प्रसारण आरम्भ आफैमा एउटा चुनौति थियो, हामीले त्यसको सामना ग-यौ र, सफल पनि भयौ । यही सफलतालाई पछ्याउदै अहिले दर्जनौ टेलिभिजन र एफएमहरु प्रसारण भएकोमा हामी निकै खुसी छौ ।  

 विभिन्न आरोह–अवरोह पार गर्दै आजको क्षणसम्म आइपुग्दा हामी देशभर  फैलिएका छौ । इमेज ग्रुप अफ कम्पनीले (इमेज टेलिभिजन, इमेज एफएम ९७ दशमलव ९ (आरम्भमा यसको नाम K.A.T.H एफएम थियो), इमेज न्युज एफएम १०३ दशमलब ६, इमेजच्यानल्स डट कम) संचालन गरेर  निकै फराकिलो स्थान लिएको छ ।  नेपाली संचार जगतमा लब्धप्रतिष्ठित कम्पनीका रुपमा स्थापित भएको छ । यो हाम्रो व्यवसायिक विस्तार र सफलताको परिचायक हो ।


यो सफलतामा इमेज च्यानल परिवार, स्रोता, दर्शक, पाठक, केबल संचालक, विज्ञापनदाताबाट पाएको मायाले निकै महत्वपूर्ण हिस्सा ओगट्छ नै । यही पृष्ठभुमीमा एउटा सत्य के हो भने हामी तपाईहरुकै मायामा हुर्कदै छौ र, थप विस्तारित हुने प्रयासमा छौ ।
 
ताजा समाचार र समसामयिक राजनीतिक, सामाजिक, आर्थिक, खेलकुद, मनोरञ्जन, सांस्कृतिक, वातावरण, शिक्षाबारे गहन सामग्री पस्केर हामीले नेपाली इतिहासको महत्वपूर्ण कालखण्डको वस्तुनिष्ठ र तथ्यपरक घटना र परिघटनाका साथै विश्लेषण र समीक्षा प्रस्तुत गरिरह्यौ र गरिरहने छौ । हाम्रो यात्राका क्रममा अनेक राजनीतिक, सामाजिक, आर्थिक तथा अन्य क्षेत्रमा उतारचढावहरु आए, तर हामी कहिल्यै कुनै हावाहुरीबाट विचलित भएनौ । तसर्थ ‘इमेज च्यानल कुनै पक्षको होइन/भएन, हुने पनि छैन । अहिलसम्म सबैको भयो, हो पनि । अब पनि पनि हामी जनमुखी मात्र रहनेछौ ।’
 
यद्यपी राष्ट्रियता, लोकतन्त्र, स्वतन्त्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार र सामाजिक रुपान्तरण हाम्रो मिसन हो, जसमा पहिला पनि लाग्यौ अब पनि लागिरहनेछौ ।
यो लामो यात्राको क्रममा हामीले आफ्ना सबलतास“गै अनुभवबाट सिकेका छौ, तसर्थ अबका दिनमा हामीले पस्कने खुराकहरुको प्रस्तुति तपाईहरुकै चाहना अनुसार अझ यथार्थपरक, तथ्यपरक, सन्तुलित र चोटिलो हुनेछ ।
हाम्रो तत्कालिक प्राथमिकता शान्ति प्रक्रिया र संविधान लेखन हो । जसलाई सफलतापुर्वक सम्पन्न गर्न यसका राजनीतिक  खेलाडीहरुलाई दायित्वबाट विचलित हुन नदिन रचनात्मक दबाब सिर्जना गर्ने प्रण हामी गर्दछौ ।

धन्यवाद ।

आर.के. मानन्धर
अध्यक्ष
इमेज ग्रुप अफ कम्पनी