top
Image Channels
Image Channels

अलगधार

Program name

कार्यक्रम अलगधार ईमेज च्यानल टेलिभिजनको एक मात्र खोजमूलक कार्यक्रम हो । पत्रकारिताको भीडमा छुट्टै धार र पहिचानको खोजिमा यो कार्यक्रमले समाचारको छुट्टै स्रोतबाट फरक समाचार ल्याएर बेग्लै प्रस्तुतिबाट अलग छाप छोड्छ ।


अनि सत्य तथ्य र समाचारमूलक कार्यक्रम प्रस्तुत गर्दछ । त्यो पनि अलग्गै दृष्टिबाट । त्यसैले पनि यो अलगधार नेतृत्व गर्छ समाचारको पूरै सँरचना र प्रस्तुतीलाई ।
०६६ भदौ ६ गते देखि सुरु यो कार्यक्रमले हाँसिल गरेको उपलब्धी भन्नु छोटो समयमा आम जनमानसको बिश्वास जित्नु नै हो ।


जनताको चासो र रुचि निरन्तर अलगधारको नजरमा थियो, छ र रहिरहनेछ । आम गुनासो अनि सरोकार नै हाम्रो खुराक हो ।  त्यसैले पनि हाम्रा सामग्रीमा सहज पहुँच हुन्छ सबैको ।


अलगधारलाई मन पर्दैन, अन्याय, अत्याचार, बिकृती, बेतिथी, कुरिती, कुसँस्कार । अनि पच्छ्याईरहने छौँ हरपल यस्ता गतिबिधिको बिरुद्धमा हामी । अनि गरिरहनेछौँ खबरदारी र निगरानी ।


लुकेका र छिपाईएका तथ्यमाथी निरन्तर गरिरहनेछ खोजतलास, अलगधारले । 

सिहदरवार होस या झुपडी, अलगधारको एकछत्र नजर पर्नेछ ।
त्यसैले भन्छौँ,
जहाँ हामी, त्यहाँ पर्दाफास,
यो हो कार्यक्रम अलगधार ।


कार्यकारी निर्माता    –   सुरेश शर्मा

कार्यक्रम उत्पादन समूह तथा प्रस्तोता–
सुरेश शर्मा, रामप्रसाद दाहाल, होम लम्साल, सञ्जिब रेग्मी, लोमस चापागाई

दृष्य सम्पादन       –   मधु सञ्जेल

कार्यक्रम समय  –
हरेक मँगलबार, बिहीबार र शनिबार बेलुकी ८ बजे ।
पुन प्रशारण राती साढे एघार बजे र भोलिपल्ट बिहान साढे आठ बजे ।
यो कार्यक्रम, ईमेज एफएम ९७.९ र ईमेज न्युज एफएम १०३.६ मा पनि सुन्न सकिन्छ ।

Program schedule

Day Start Time End Time  
saturday 10:30:00 11:00:00 REPEAT
thursday 20:00:00 20:30:00
thursday 23:30:00 24:00:00
tuesday 09:30:00 10:00:00 REPEAT
friday 10:30:00 11:00:00
monday 20:00:00 20:30:00
monday 23:30:00 24:00:00 REPEAT
friday 20:00:00 20:30:00
friday 08:00:00 08:40:00 REPEAT

Program presenter(s)

Presenter Name
Sanjeeb Regmi

Program videos

comments powered by Disqus